शुक्रबार, वैशाख २१, २०८१

चुरोट र मदिराको विज्ञापन नखेल्‍न कलाकारलाई भुवन केसीको आग्रह

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।

triton college

सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन्।

अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानि गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने पनि बताए। ‘कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नुहुँदैन। गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नुहुँदैन’ उनले भने।

कलाकारहरुले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए। विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ। उनले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए।

प्रकाशित: Jan 29, 2024| 17:35 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्