मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नागरिकता दुरुपयोग गरी बैंकिङ कारोबार गर्ने महिला पक्राउ 

नागरिकता दुरुपयोग गरी बैंकिङ कारोबार गर्ने महिला पक्राउ 

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

National life
kumari

काठमाडौं- अर्काको नागरिकता दुरूपयोग गरी बैंकिङ कारोबार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 29, 2024| 17:25 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्