मंगलबार, असार १०, २०८२

बिग बोस-१७ को उपाधि मुनव्वर फारुकीलाई

 |  सोमबार, माघ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

vianetvianet

मुम्बई- रियालिटी शो बिग बोस १७औं संस्करणको विजेता मुनव्वर फारुकी भएका छन्। आइतबार राति विजेता घोषणा गरिएको हो।

अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टु मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए। फारुकी स्ट्यान्डअप कमेडियन पनि हुन्।

फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए। यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात पारेका छन्।

यो सिजनको सुरुवात गत १६ अक्टोबरमा भएको थियो। फारुकीले यसअघि लकअप रियालिटी शोको उपाधि समेत जितेका थिए।

प्रकाशित: Jan 29, 2024| 09:42 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्