मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टिकरण 

काठमाडौं महानगरका शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टिकरण 

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

National life

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ।

‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो। उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने।

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ। कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ।

kumari

प्रकाशित: Jan 28, 2024| 17:18 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्