शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको सर्वोच्च अदालतको वार्षिकोत्सवमा सहभागी हुन दिल्ली उडे प्रधानन्यायाधीश 

भारतको सर्वोच्च अदालतको वार्षिकोत्सवमा सहभागी हुन दिल्ली उडे प्रधानन्यायाधीश 

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०
National life
Shivam cement

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। 

भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ गएका सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्चका रजिस्ट्रार विमल पौडेल नयाँदिल्ली गएका छन्।

प्रकाशित: Jan 28, 2024| 17:11 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्