शुक्रबार, जेठ १, २०८३

इन्स्टाग्रामको 'हिरो' बने मोदी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नयाँ दिल्ली- तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ । 

इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो । संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ । 

मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहनु भएको छ भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ । 

पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा पर्नुभएको छ । 

भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिनु भएको अध्ययनले जनाएको छ । उहाँको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ । एजेन्सी 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।