शुक्रबार, असार १२, २०८३

फेरि 'प्रधानमन्त्री' बन्दै ओली

 |  आइतबार, माघ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ १४, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले फिल्ममा अभिनय गर्ने भएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्रमा ओली देखिन लागेका हुन्।

National life

चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन्। काठमाडौंमा आइतबार आयोजित शुभ मुहुर्तमा ओली पनि उपस्थित थिए। उनले नै ‘नमेटिने घाउ’ नामक यो चलचित्रको शुभ मुहुर्त गरेका थिए।

कलाकार रमित ढुंगाना लगायतको टोलीले फिल्म निर्माण गर्न लागेको हो। ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीलाई कडा सजाय गर्ने कानुन ल्याइएको र पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले उनको हातबाट चलचित्रको शुभ मुहुर्त गर्न गरिएको निर्माण टिमले जनाएको छ।

Shivam cement

प्रकाशित: Jan 28, 2024| 15:22 आइतबार, माघ १४, २०८०
प्रतिक्रिया दिनुहोस्