सोमबार, चैत २, २०८२

हुवावेकी उपप्रमुख क्यानडामा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–हुवावेको उपप्रमुख तथा वित्त प्रमुख मङ वान्जु क्यानडामा पक्राउमा परेकी छन् ।  उनी हुवावे कम्पनीको संस्थापक रेन जेनफीकी छोरी हुन् । उनी गत डिसेम्बर १ मै पक्राउ परेको क्यानेडा न्याय मन्त्रालयले जानकारी दिएको छ। 

अमेरिकाको आग्रहपछि उनलाई क्यानडामा पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ । उनी पक्राउ पर्नुको कारण खुलेको छैन। तर, पनि अमेरिकाले इरानमा माथि लगाएको प्रतिबन्ध तोडेका कारण उनलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । 

हुवावेले, यसको विरोध गर्दै, क्यानडास्थित चिनियाँ दुतावासमा उनको रिहाईको माग गरेको छ । हुवाई र वान्जुले अमेरिका र इरानको प्रतिबन्धमा कुनै प्रकारको नकारात्मक  काम नगरेको दाबी हुवावेले गरेको छ।  

हुवावे कम्पनी अहिले बजारमा चर्चामा रहेको मोवाइल कम्पनी हो । आइफोनलाई जित्दै हुवावे अहिले अघि बढिरहेको छ । 

अमेरिकी कानुनी निमार्ताहरूले भने चिनियाँ सरकारलाई  समयसमयमा  हुवावेले अमेरिकी सुरक्षा र उनीहरूको प्रविधिलाई गुप्तचर रुपमा चियो गरिरहेको आरोप पनि लगाएका छन् । अमेरिकाले क्यानेडालाई वान्जुलाई पक्राउ गरेको आभार समेत प्रकट गरेको थियो ।

उनको धरौटी  डिसेम्बर ८ शुक्रबार हुने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।