बिहीबार, फागुन १४, २०८२

‘अगस्त्य च्याप्टर १’ मा नायिका मलिका महतको लुक्स सार्वजनिक

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

काठमाडौं- फिल्म ‘अगस्त्य च्याप्टर १’मा नायिका मलिका महतको लुक्स सार्वजनिक गरिएको छ। फिल्मका मुख्य नायकद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि मलिकाको लुक्स सार्वजनिक भएको हो।

National life

सुरुवात देखिनै फिल्मका मुख्य नायकद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएसँगै यस फिल्मको चर्चा  हुँदै आइरहेको छ। निर्माण पक्षले सार्वजनिक गरेको लुक्समा मलिकालाई ‘चाँदनीको भूमिकामा देखिन पाइने भएको छ। फिल्ममा उनको भूमिका के हो भन्‍ने खुलेको छैन। 

सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात, नाजिर र मलिकाका अलावा प्रमोद अग्रहरी,  निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।

यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ। फिल्म फागुनको १८ गतेबाट  सार्वजनिक प्रदर्शनमा आउन लागेको छ।

Laxmi sunrise bank

प्रकाशित: Jan 22, 2024| 19:20 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्