बिहीबार, वैशाख ३१, २०८३

‘गीत गजल’को छायाँकन अन्तिम चरणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – फिल्म ‘गीत गजल’को छायाँकन अन्तिम चरणमा पुगेको छ। आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायाँकन ३५ दिनमा सकिएको निर्माण युनिटले जनाएको छ। 

निर्देशक नितिन चंन्दले अब फिल्मको एक गीतको छायाँकन मात्र बाँकी रहेको जानकारी दिएका छन्। गीत गजल’बाट नेपाली सिनेमा क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन्। 

तनमनका साथ फिल्म निर्माण गरिएकाले उत्कृष्ठ रहेको निर्माता आरोहण क्षेत्रीले बताए। आफ्नो सिनेमामा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको उनको भनाई छ।

सिनेमामा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिने छ।  गीत गजलमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्