बुधबार, भदौ १७, २०८३

महिला सहकारी संस्थाले १८ प्रतिशत लाभांश दिने

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०

काठमाडौं- महिला सहकारी संस्था लि. को २०८० पौष २८ गते बसेको अठ्ठाइसौँ वार्षिक साधारण सभाले आ. व. २०७९-८० को नाफाबाट शेयरधनी सदस्यहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। 

यस संस्थाले आर्थिक वर्ष २०७९-८० मा रु. २९ करोड ५० लाख ३२ हजार कुल आम्दानी र रु.१९ करोड ८८ लाख ४२ हजार कुल खर्च गरी रु. १९ करोड ६१ लाख ९१ हजार संचालन नाफा आर्जन गरेको छ। सो नाफाबाट संस्थाले यस वर्ष आय कर बापत १ करोड १८ लाख  १९ हजार नेपाल सरकारलाई बुझाएको छ। संस्थाले आर्थिक वर्ष २०७९-८० मा रु. १ अर्ब १७ करोड ३५ लाख ८३ हजार निक्षेप संकलन गरी रु. १ अर्ब ५७ करोड ९ लाख ९७ हजार कर्जा लगानी गरेको छ।

यस संस्थाले काठमाडौं उपत्यकामा सीमित बैंकिङ कारोबार संचालन गर्नुको साथै विपन्न महिलाहरुको लागि लघुवित्त कार्यक्रम संचालन गरी सामूहिक जमानीमा बिना धितो ऋण प्रदान गरी गरिब तथा विपन्न महिलाहरुलाई लघु वित्त सेवा प्रदान गर्दै आएको छ। 
 

प्रकाशित: Jan 15, 2024| 14:35 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्