बुधबार, भदौ १७, २०८३

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस दिने

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०

जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले सेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ। आइतबार संस्थाको पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ। साधारण सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ।

जीवन विकासको चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड ५४ लाख ८४ लाख ७ सय बराबरको बोनस सेयर वितरण गर्नेछ। संस्थाले बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिनेछ।

बोनस वितरणपछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्‍ने छ। साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि सञ्‍चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ।
 

प्रकाशित: Jan 15, 2024| 13:10 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्