बुधबार, भदौ १७, २०८३

लक्ष्मी सनराइज बैंकले पारित गर्‍यो ७ प्रतिशत बोनस

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०

लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।

यसैगरी साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्‍चालक समितिमा निर्वाचित गरेको छ।

नवनियुक्त सञ्‍चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्‍चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको बैंकले जानकारी दिएको छ।

बैंकको काठमाडौंमा सम्पन्‍न साधारण सभाले सञ्‍चालक समितिको प्रतिवेदन समेत पारित गरेको छ।

प्रकाशित: Jan 15, 2024| 10:27 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्