काठमाडौं- चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन्।
नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर-सिरिज सार्वजनिकहुने पर्खाइमा छन्। अब भने ओपोले नेपालीउपभोक्ताको आर सिरिज-चाहनालाई सम्बोधनगर्ने देखिएको छ। उपभोक्ताको ब्यापक मागलाई ध्यानमा राखि ओपोले चाँडै नै आर-सिरिज अन्तर्गत ओपो आर१७प्रो सार्वजनिकगर्ने तयारी गरेको छ।
ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमाआर–सिरिज भित्रने जानकारी दिनथालेको छ। ओपोले चीनमा यसै बर्षको अगस्टमा ओपो आर१७ र आर१७प्रो सार्वजनिक गरेको थियो। नेपालमाभने कम्पनीले आर१७प्रो सार्वजनिकगर्ने तयारी गरेको देखिन्छ।
कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ प्रोको पछिल्तिर कम्पनीले तीनओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमापानीको थोपाआकारको डिस्प्ले नोट्चका साथै ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ।
ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिकमितिको घोषणा भने गरिसकेको छैन । तथापी, डिसेम्बर महिनामै पर्ने क्रिसमस वानयाँबर्ष लक्षितगर्दै फोन सार्वजनिकगर्ने सम्भावनाभने प्रबल रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४