सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

triton college

आ.व. २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत् रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पुँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरूलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी रु. ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ ।

शुक्रवार कम्पनी सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरू पनि पारित गरेको कम्पनीको भनाइ छ ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Jan 14, 2024| 13:50 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्