बिहीबार, चैत २६, २०८२

ओमोडा ई-फाइभ इभी नेपाली बजारमा आउँदै

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई–फाइभ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। ओमोडाको चीन समूहले २८ डिसेम्बरमा अनलाइन लाइभस्ट्रिममार्फत यसबारे जानकारी दिइसकेको छ।

National life

ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रममा सारडा समूहका विशिष्ट अतिथि र मिडिया उपस्थित थिए।

ओमोडा ई–फाइभ नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सका साथ लन्च हुनेछ, जुन यसका प्रतिस्पर्धीमध्ये उत्कृष्ट छ। ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर र ३४० न्युटनमिटर टर्कका साथ यसले ५१० किलोमिटर (एनइडिसी) र ४३० किलोमिटर (डब्लुएलटिपी)को दायरा प्रदान गर्छ। ओमोडा ई–फाइभको बाहिरी डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक दर्शनमा आधारित छ।

उत्साहजनक एक्टेरियर डिजाइनका साथ यो गाडीमा २४/६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्यान्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटसहितको इन्टेरियर डिजाइन गरिएको छ। साथै, यसमा १७ एडिएस सुविधा पनि छन्। जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्यागलगायत छन्।

 

kumari

प्रकाशित: Jan 14, 2024| 13:21 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्