बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बिगमार्टमा विन्टर अफर, टियागो कारसँगै यामाहा स्कुटर जित्ने अवसर

बिगमार्टमा विन्टर अफर, टियागो कारसँगै यामाहा स्कुटर जित्ने अवसर

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

काठमाडौं- बिगमार्टले ‘बिगमार्ट कार उपहार उत्सव’ घोषणा गरेको छ। जाडो मौसमलाई मध्यनजर गर्दै ‘विन्टर अफर’ ल्याएको बिगमार्टले जनाएको छ।

National life

यो योजना अन्तर्गत माघ १ गतेदेखि फाल्गुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरुको व्यवस्था छ। बम्पर पुरस्कार अन्तर्गत एकजना ग्राहकलाई एउटा टाटा टियागो कार प्रदान गरिनेछ। यस्तै, एकजना ग्राहकले एउटा यामाहा रे-जी स्कुटर जित्न सक्नेछन्।

यो योजना अवधिमा सामान खरिद गर्ने पाँचजना ग्राहकले भने ५ वटा स्मार्टफोन प्राप्त गर्न सक्नेछन्। १० जना ग्राहकले भने ५ हजार रुपैयाँ बराबरको किनमेल भौचर प्राप्त गर्न सक्नेछन्। यो उपहार उत्सवमा ग्लोबल आईएमएई बैंकको क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रुपैयाँसम्म) छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। यस्तै, एनसीएचएल नेपाल पेको क्युआरबाट भुक्तानी गर्दा पनि १० प्रतिशत (१०० रुपैयाँ सम्म) छुट पाइनेछ।

कम्पनीका अनुसार हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरीदमा स्मार्ट क्यूआरमार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रुपैयाँसम्म) छुट प्राप्त गर्न सकिनेछ। योजना अवधिभर ७५० रुपैयाँ वा सो भन्दा बढीको सामान बिगमार्टबाट खरिद गरेकाहरुले पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 14, 2024| 11:54 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्