मंगलबार, असार २३, २०८३

इंग्ल्यान्डविरुद्ध इन्डियालाई २४५ रनको अग्रता

इंग्ल्यान्डको लर्डस क्रिकेट रंगशालामा जारी टेस्ट खेलमा इन्डियाले घरेलु टिमलाई दोस्रो दिनको खेल सकिँदासम्म २४५ रनले पछि पारेको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- इंग्ल्यान्डको लर्डस क्रिकेट रंगशालामा जारी टेस्ट खेलमा इन्डियाले घरेलु टिमलाई दोस्रो दिनको खेल सकिँदासम्म २४५ रनले पछि पारेको छ।

लर्डसमा जारी खेलमा इन्डिया १२६.१ ओभरमा ३६४ रन बनाएर अलआउट भएपछि इंग्ल्यान्डले ब्याटिङ सुरु गरेको थियो। दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले तीन विकेटको क्षतिमा ११९ रन बनाएको छ।

इंग्ल्यान्डका लागि रोरी बर्नसले ४९ रन बनाए भने कप्तान जो रुटले ४८ रन बनाएका छन्। रुट अझैसम्म मैदानमै छन्। उनलाई जोन्नी बेयरिस्टवले साथ दिइरहेका छन्। यता इन्डियाका मोहम्मद सिरजले दुई र मोहम्मद शामीले एक विकेट लिएका छन्।

त्यसअघि ब्याटिङमा आएको इन्डियाले ३६४ रन बनाएको थियो। जहाँ केएल राहुलले १२९ रनको सानदार पारी खेलेका थिए। उनले जारी दोस्रो टेस्टमा २५० बलमा १२ चौका र एक छक्कासहित १२९ रन बनाएका हुन्।

उनीसँगै मैदान छिरेका रोहित शर्माले पनि सानदार प्रदर्शन गरेका छन्। उनले १ सय ४५ बलमा ८३ रन बनाए।

यी दुई खेलाडीले १२६ रनको साझेदारी गरेका थिए। त्यस्तै, १०३ बलसम्म मैदानमा टिकेका इन्डियन टिमका कप्तान विराट कोहलीले भने ४१ रन बनाएका छन्।

त्यस्तै, ऋषभ पन्त ३७ र रविन्द्र जाडेजाले ४० रन बनाएका थिए। यता अजिंक्य रहाणे भने एक रन बनाउँदै आउट भए।

 इंग्ल्यान्डका जेम्स एन्डरसनले पाँच विकेट लिए भने ओली रोबिन्सन र मार्क वुडले समान दई/दुई विकेट लिएका छन्। मोइन अलीले एक विकेट गिराए।

प्रकाशित: Aug 14, 2021| 08:04 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।