शनिबार, असार १३, २०८३

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

 |  आइतबार, पुस २९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

काठमाडौं- वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको छ।

National life

पुसमा ८.९९ प्रतिशत रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशत विन्दुमा झरेको छ। बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको हो।

बैंकहरुमध्ये सिटिजन्स बैंकको ब्याजदर सबैभन्दा बढी रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.१५ प्रतिशत ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत तर्फभने अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा ०.२ प्रतिशतविन्दु घटेको हो।

त्यसैगरी वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकको रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिइरहेको यस बैंकले माघ महिनामा अधिकतममा ७.२६ प्रतिशत मात्र ब्याज दिने भएको छ। बैंकले आफ्नो ब्याजदर १.७५ प्रतिशतविन्दु घटाएको हो। संस्थागत मुद्दति निक्षेपमा भने बैंकको अधिकतम ब्याजदर ७.२६ प्रतिशत रहेको छ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने प्राइम कमर्सियल बैंक रहेको छ। पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८.१ प्रतिशत मात्र ब्याज दिने भएको छ। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

Shivam cement

प्रकाशित: Jan 14, 2024| 11:37 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्