शुक्रबार, साउन २, २०८२

सहकारी महासंघको अध्यक्षमा ‌ओमदेवी

 |  आइतबार, पुस २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २९, २०८०

vianetvianet

काठमाडौँ- राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन्। शनिबार सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत भएका छन्। यसअघिसम्म महासङ्घमा एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यसहित तीनजना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१औँ साधारणसभामार्फत विधान संशोधन गर्दै तीनजना उपाध्यक्ष रहने व्यवस्था गरेको हो। 

महासङ्घको सञ्चालकमा टेकप्रसाद चौलागाईँ, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन्।

महासङ्घको तीन सदस्य लेखा सुपरीवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भए।

प्रकाशित: Jan 14, 2024| 07:56 आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।