बिहीबार, पुस ३, २०८२

राष्ट्रिय सभा उम्मेदवारलाई निर्वाचन चिह्‍न प्रदान 

 |  शनिबार, पुस २८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

काठमाडौं- आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

National life

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। 

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 
 
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उमेदवारी मनोनयनपत्र दर्ता भएको थियो। 

आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन्। 

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 13, 2024| 14:40 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्