बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताएका छन्।

National life

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले यस्तो बताएका हुन्।

उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए।

उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए। राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताए।

उनले भने, ‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन। राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन। सबैको साझा बनाउने काममा लाग्नुपर्छ। राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2024| 17:40 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्