बुधबार, पुस २, २०८२

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो हो : ओली

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन्।

National life

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२औँ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले पुथ्वी जयन्तीलाई एकता दिवसका रूपमा मनाउनु राम्रो भएको बताए।

'एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरूलाई धन्यवाद छ। यो राम्रो काम गर्नुभएको छ,' उनले भने।

राप्रपाको चियापान कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू सहभागी थिए।

प्रकाशित: Jan 12, 2024| 17:20 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्