बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्रवादी नेताहरुकै अगाडि लिङ्देनले भने - कोर्स करेक्सनका लागि बाध्य पार्छौं 

गणतन्त्रवादी नेताहरुकै अगाडि लिङ्देनले भने - कोर्स करेक्सनका लागि बाध्य पार्छौं 

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन्।

National life

पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा अतिथिका रुपमा गणतन्त्रवादी नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई बोलाएर लिङ्देनले फागुनदेखि ठूल्ठूला प्रदर्शन गर्ने बताए। उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ। त्यसले देशमा परिर्वतन ल्याउने छ।’ 

देश निरन्तर ओरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए। ‘यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपने हो’ तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए। राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मेरो पूर्ण विश्वास छ, हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं।’

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए। ‘हामीले पछाडि फर्किने कुरा गरेको होइन, पुरानो व्यवस्थामा जाने भनेको पनि होइन’ यही व्यवस्थाले पनि देश नधानिने भन्दै राप्रपा अध्यक्ष लिङ्दनले भने, ‘अब नयाँ सम्झौतामा जानुपर्‍यो, नयाँ व्यवस्थामा जानु पर्‍यो।’

गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने उनले बताए। एक जना पूर्वराजालाई स्थान दिनासाथ के परिर्वतन हुन्छ भन्ने प्रश्नमा उनले (पूर्व) राजालाई ठाउँ दिएर मात्र नपुग्ने बताए।

Laxmi sunrise bank
kumari

निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण समान प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने बताए। संसद पूर्ण समानुपातिक बनाएर मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उनले बताए। प्रदेश खारेज गरेर केन्द्र र बलियो स्थानीय तह राख्नुपर्ने, जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने र राष्ट्रियसभाबारे समेत पुनर्विचार गर्नुपर्ने राप्रपा अध्यक्ष लिङ्देनले बताए।

यसअघि राप्रपालगायतका शक्तिहरुले गणतन्त्र उल्ट्याएर राजतन्त्र फर्काउने षड्यन्त्र भएको उल्लेख गर्दै गणतन्त्रवादी नेताहरुले बैठकसमेत गरेका थिए। उनले गणतन्त्रलाई उल्ट्याउन लाग्‍ने शक्तिहरुलाई निस्तेज पार्नुपर्ने निष्कर्ष निकालेका थिए। 

प्रकाशित: Jan 12, 2024| 16:50 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्