सोमबार, असोज ६, २०८२

एनएमबि बैंकको अध्यक्षमा मनोज गोयल चयन

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।

Kumaribank

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए। साथै निर्वाचित सञ्चालकहरूसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।

संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्षसहित जीवनकुमार कट्वाल तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनित गरी पठाएको छ। बैंकको २०८० आसारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ। बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jan 12, 2024| 14:27 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्