बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा अब दोब्बर बोनस डेटा

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा अब दोब्बर बोनस डेटा

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा एक हजार एमबीसम्मको बोनस डेटा पाउने भएका छन्। एनसेलले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गर्दै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो।

National life

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क पाउने एनसेलले जनाएको छ। यसरी पाइने बोनस डेटा अलटाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहने एनसेलले स्पष्ट पारेको छ। एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्सबाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट एनसेलले संचालनमा ल्याएको थियो। अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2024| 14:20 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्