सोमबार, असोज ६, २०८२

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड’ सम्पन्न

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

नेपाल लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ अचिभर्स अवार्ड-२०२४ सम्पन्न गरेको छ । समारोहमा अन्तिम सम्ममा ‘एमडीआरटी- २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

Kumaribank

कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्धघाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।

कार्यक्रममा कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले एमडीआरटी वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।

प्रकाशित: Jan 12, 2024| 14:18 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्