बुधबार, पुस २, २०८२

टाटा मोटर्स फन कार्निभल ३.० सुरु

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० शुक्रबारदेखि सुरु हुने भएको छ। कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरू साट्न सकिने बताइएको छ।

National life

मेला २९ पुससम्म चल्नेछ। उपत्यकाबाहिर टाटा मोटर्सका सोरुम अलास्का मोटर्स बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्धचोक पोखरा र टाउन हल प्लानिङ वीरगन्जमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

फन कार्निभल ३.० मा टाटाका ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।

 

प्रकाशित: Jan 12, 2024| 14:15 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्