सोमबार, असोज ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल र मौसम विज्ञान विभागबीच पूर्वसूचना प्रवाह गर्ने सम्झौता

एनसेल र मौसम विज्ञान विभागबीच पूर्वसूचना प्रवाह गर्ने सम्झौता

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सम्झौता गरेको छ। सम्झौतापछि एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपबारे पूर्वसूचना प्रवाह गर्ने भएको छ। एनसेल र विभागले पूर्वसूचना प्रणालीअन्तर्गत १३ वटा प्रकोपबारे आमजनमानसलाई प्रकोपपूर्व सूचना प्रवाह गर्नेछ। ती १३ प्रकोपमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणलगायत रहेका छन्।

Kumaribank

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सहकार्यबारे विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पूर्वसूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिए। कुनै प्राकृतिक विपत् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्वसूचना र त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान हुने बताए।

त्यस्तै, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विभागसँग १३ वटा विपत्लाई पूर्वसूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचित गर्दै आ–आफ्ना सामान लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ।

 

प्रकाशित: Jan 12, 2024| 14:14 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्