आइतबार, वैशाख ३०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन, ५ हजारलाई रोजगारी

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन, ५ हजारलाई रोजगारी

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

झापा- सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ। झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ।

triton college

‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ,’ उनले भने, ‘यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।’

सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए। झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ। सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो।

अध्यक्ष ढकालले भने, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ।’

झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन्। ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ,’ संघका सचिव भवानीप्रसाद दंगालले भने।

corrent noodles
Metro Mart

झापा जिल्ला सहकारी संघमा ४९२ सहकारी संस्था आबद्ध छन्। यसमा बहुद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी १९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार/चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले बताए। झापाका सहकारीमा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्।

प्रकाशित: Jan 12, 2024| 05:41 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्