शनिबार, साउन ९, २०८३

सात भन्सारमा प्रभु बैंकका काउण्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपालभारत सीमामा रहेका सात भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोलेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र भन्सार विभागका महानिर्देशक तोयम रायाबीच बैंकिङ कारोबार सञ्चालन गर्ने समझदारीमा हस्ताक्षर भएको छ । 

बैंकले झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकका काउन्टर खोलेको हो । काउन्टरले आइतबारदेखि सेवा सुरु गर्नेछन्।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ । 

बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिड सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ । 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्