शुक्रबार, साउन २, २०८२

राष्ट्रियसभा निर्वाचन समन्वय समितिको संयोजकमा लेखक

 |  बुधबार, पुस २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

vianetvianet

काठमाडौं- सत्ता गठबन्धनको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक चयन भएका छन्। 

आज बसेको समन्वय समितिको पहिलो बैठकले लेखकलाई संयोजक तोकेको हो। गठबन्धनको मंगलबारको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको समन्वय समितिमा लेखकसँगै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमन रहेको समिति बनाएको थियो। 

समितिले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउन सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jan 10, 2024| 18:12 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्