बिहीबार, पुस ३, २०८२

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।

National life

कम्पनीले आउँदो पुस २४ देखि २६ गतेसम्म सो सर्भिस क्याम्प आयोजना गर्ने भएको हो। चिसोले सवारी साधनलाई असर गर्न सक्ने भएकाले ग्राहकलाई यस विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ।

यस्तै सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पनि पाउनुका साथै लक्की ड्र मार्फत वर्षभरिको लागि पाटर्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jan 10, 2024| 12:03 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्