आइतबार, वैशाख ३०, २०८१

नेशनल लाइफको इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एक्सेल एन्ड इलिभेट’ भन्ने नाराका साथ तीनदिने ‘इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा आयोजित कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउन कार्यक्रम गरिएको हो।

triton college

कार्यक्रममा विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी दुई सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको अहिलेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्र स्थानमा पुर्‍याउनुपर्ने बताए। यसमा मार्केटिङ कर्मचारीको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकाले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने उनको भनाइ थियो। दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने उनले प्रतिबद्धता जनाएका थिए।

सहभागी कर्मचारीलाई मोटिभेसनल स्पिकर मानसी अग्रवालले मोटिभेसनल तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण दिएको जनाइएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख हृदयेश्वर पण्डितले बिमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरेका थिए। कर्मचारीको दक्षता जाँच गर्नका लागि सहभागी कर्मचारीको परीक्षा सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुने कर्मचारी सुरक्षा सिंह, चूडामणि गौतम र खगेन्द्र श्रेष्ठलाई नगद पुरस्कारसमेत प्रदान गरिएको उल्लेख छ।

 

प्रकाशित: Jan 10, 2024| 12:02 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्