शनिबार, असार १३, २०८३

बेनी सेक्युरिटिज कम्पनी सञ्चालनमा

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ।

National life

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसंगै कम्पनी सञ्चालनमा आएको छ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो। लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुंजी बिस करोड रहेको छ। कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।

 

Shivam cement

प्रकाशित: Jan 10, 2024| 12:01 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्