मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रामबहादुर बम्जनको घरमा भेटियो तीन करोड ३० लाख नगद र १५ वटा मोबाइल

रामबहादुर बम्जनको घरमा भेटियो तीन करोड ३० लाख नगद र १५ वटा मोबाइल

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

काठमाडौं- कथित तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले बूढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मार्दा उक्त रकम फेला पारेको हो। 

National life

उनको घरबाट १५ वटा मोबाइल, ल्यापटप र ३० वटा पेनड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको छ। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको बताइएको छ।

बम्जनविरूद्ध गंगामाया तामाङले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 10, 2024| 10:08 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्