बिहीबार, साउन १, २०८२

कथित तपस्वी रामबहादुर बम्जन पक्राउ

 |  मंगलबार, पुस २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

vianetvianet

काठमाडौं- तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। आज उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो।

उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको छ। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको बताइएको छ।

उनीविरूद्ध गंगामाया तामाङले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।

प्रकाशित: Jan 09, 2024| 19:40 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्