सोमबार, मंसिर २९, २०८२

व्यवस्थामाथि भइरहेको ‘हाइज्याक’लाई रोक्न सकिँदैन : रवि लामिछाने

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा व्यवस्थामाथिको हाइज्याक रोक्‍न नसकिने बताएका छन्। 

National life

पराजितले राष्ट्रियसभा सदस्यमा उमेदवारी दिएकामा आपत्ति जनाउँदै उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत व्यक्तिलाई राष्ट्रियसभाको उमेदवार बनाइएकामा आक्रोश व्यक्त गरेका हुन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कार्य रोक्नुपर्नेमा जोड दिए।

सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिट बेस (योग्यता)का आधारमा पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव गरे। संवैधानिक परिषद् सदस्यहरूको नियुक्ति पनि मेरिट बेसका आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग छ।

'...गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेरि, व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरि यहाँ (अरू दलका सांसद)हरूले गर्ने प्रतिवाद खोइ त ? त्यसकारण कानुनमा, उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ,' उनले भने, 'मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुन्छ। र एक दिन पनि रिक्त हुँदैन। यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो।'

Laxmi sunrise bank
kumari

त्यसतर्फ अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको ‘हाइज्याक’लाई रोक्न नसकिने उनले बताए।

'...कसले आक्रमण गर्‍यो व्यवस्थामाथि ? संवैधानिक परिषद्को बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्‍यो। देशलाई योगदान दिएको भन्दा आफ्नो पार्र्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्थामाथि आक्रमण गर्‍यो।'

प्रकाशित: Jan 09, 2024| 17:00 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्