सोमबार, मंसिर २९, २०८२

प्रदेश खारेजको लागि आन्दोलन गर्ने राप्रपाले पायो कोशीमा सभामुख 

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

विराटनगर- कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

National life

प्रदेशसभाको मंगलबार बसेको बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्। उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो। यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले प्रदेश खारेज गर्नका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको थियो। 

प्रदेश खारेजका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको पार्टीलाई सभामुख पद दिँदा उनले गर्ने कार्यसम्पादनमा समेत प्रश्‍न उठ्‍नसक्ने टिप्पणीहरु भइरहेका छन्। 

प्रकाशित: Jan 09, 2024| 16:09 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्