बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच सम्झौता

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई स्वास्थ्य सेवामा विभिन्न छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ। स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई१० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: Jan 09, 2024| 14:44 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्