शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ३ सिट पाएका शेखर कोइरालाले भने - सबैलाई चाहेर पनि न्याय गर्न सम्भव भएन 

३ सिट पाएका शेखर कोइरालाले भने - सबैलाई चाहेर पनि न्याय गर्न सम्भव भएन 

 |  सोमबार, पुस २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर समूहहका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा टिकट वितरणका क्रममा आफूले चाहेर पनि सबैलाई न्याय गर्न नसकिएको टिप्पणी गरेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसले प्राप्त गरेको १० सिटमध्ये ३ सिट भाग पाएका नेता कोइरालाले आफूबाट पनि गल्ती कमजोरी भएको स्वीकार गर्दैआगामी दिनमा अवसरको न्यायोचित वितरणमा ध्यान दिने उल्लेख गरेका छन्। 

उनले भनेका छन्, 'सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन। न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु। मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट बिगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु।' 

उनले पार्टी निर्णयबाट छानिएका सबै उम्मेदवारलाई जिताउने जिम्मेवारी काँधमा भएको उल्लेख गर्दै सत्ता गठबन्धन दलबाट उम्मेदवार भएका सबैलाई जिताउन लाग्‍न पनि पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। 

'राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज नभएको उल्लेख गर्दै भनेका छन्, 'राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ ।  सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ।'

411123766_2787122058092971_4927469892889662575_n-1704721561.jpg
 

प्रकाशित: Jan 08, 2024| 19:31 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्