बिहीबार, भदौ १८, २०८३

कामना सेवा विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाइ कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन्। यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने बताएको छ।

 

प्रकाशित: Jan 08, 2024| 12:55 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्