शनिबार, साउन ३, २०८२

यी हुन् राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवार

 |  सोमबार, पुस २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका ३ सहित १० उमेदवार टुंगो लगाएको हो।

यसअनुसार कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेतले टिकट पाएका छन्। यसैगरी गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन्।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ। कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ।

प्रकाशित: Jan 08, 2024| 07:36 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्