शनिबार, साउन ३, २०८२

यी हुन् राष्ट्रियसभा निर्वाचनका मतदाता

 |  आइतबार, पुस २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

vianetvianet

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन आयोगले जनाएको हो।

आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेश सभाका मतदाता ५४९ रहेका छन् भने स्थानीय तहका १४९८ रहेका छन्। जसमा प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४६२ रहेको छ। दुबै तर्फ गरेर २०४७ मतदाताको जम्मा मतभार ५७ हजार ५५९ रहेको निर्वाच्न आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले जानकारी दिए।

आयोगका अनुसार प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता छन्। कोशी प्रदेश सभा सदस्यको मतभार ४९२९ छ। पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख गरी ५२०६ मतभार छ। कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने छ।

त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता छन्। प्रदेश सभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ। बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ११० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्।

बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५८३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ।

यस्तै लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुने आयोगले जनाएको छ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ। पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १५६ जना छन्। प्रदेश सभाको मतभार २१२० र पालिकाको २९६४ गरी कर्णालीमा जम्मा मतभार ५०८४ हुने छ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम छन्। जसअनुसार प्रदेश सभा सदस्यको २७५६ र पालिकाका ३३४४ गरी जम्मा ६१०० मतभार कायम रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गतेका लागि तय भएको छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रकाशित: Jan 07, 2024| 18:41 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्