सोमबार, असार १, २०८३

एक चार्जमा १२०० किलोमिटर चल्ने इलेक्ट्रिक कार बनाउँदै टोयोटा

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

काठमाडौं- इलेक्ट्रिक कारको कुरा गर्नेबित्तिकै सबैको दिमागमा आउने कुरा हो यसको माइलेज। अर्थात् एकपटक चार्ज गरिसकेपछि इलेक्ट्रिक कार कति किलोमिटर चलाउन सकिन्छ भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण छ।

National life

इलेक्ट्रिक कार उत्पादन गर्ने कम्पनीहरु किलोमिटर रेन्झ बढाउने प्रयासमा लागिरहेकै छन्। यसैबीच विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एउटा ऐतिहासिक घोषणा गरेको छ।

यो घोषणाले सबैलाई आश्चर्यचकित र आशावादी बनाएको छ। कम्पनीले यसै वर्ष एक फुल चार्जमा १२०० किलोमिटरभन्दा बढी चल्ने इलेक्ट्रिक कार बनाउने घोषणा गरेको छ। अझ चाखलाग्दो कुरा त के छ भने यो ब्याट्री १० मिनेटमै फुल चार्ज हुनेछ। यो घोषणा गर्दै टोयोटाले भनेको छ- यो कार वाहन उद्योगका लागि क्रान्तिकारी आविष्कार हुनेछ।

ब्याट्रीबाट चल्ने पहिलो गाडी बनाउने कम्पनी पनि टोयोटा नै हो। सन् १९९७ मा बजारमा आएको प्रियस पहिलो कार थियो जुन पेट्रोल र ब्याट्री दुवैबाट चलाउन सकिन्थ्यो। पूर्ण रुपमा ब्याट्रीबाट मात्रै चल्ने कार भने पहिलोपटक निसानले २००७ मा बनाएको हो।

 

Shivam cement

 

प्रकाशित: Jan 07, 2024| 15:06 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्