आइतबार, चैत २९, २०८२

नबिलले ल्यायो इन्स्ट्यान्ट गोल्ड लोन सुविधा

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

नबिल बैंक लिमिटेडले सुन धितो राखी ऋण लिन सक्ने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएकोे छ। आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण पाउने गरि बैंकले यो योजना ल्याएको हो।

National life

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधि तोकिएको छ। यो योजनामा सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकले धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

 

प्रकाशित: Jan 07, 2024| 14:15 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्