आइतबार, साउन ४, २०८२

नबिलले ल्यायो इन्स्ट्यान्ट गोल्ड लोन सुविधा

 |  आइतबार, पुस २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

vianetvianet

नबिल बैंक लिमिटेडले सुन धितो राखी ऋण लिन सक्ने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएकोे छ। आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण पाउने गरि बैंकले यो योजना ल्याएको हो।

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधि तोकिएको छ। यो योजनामा सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकले धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

 

प्रकाशित: Jan 07, 2024| 14:15 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।