बिहीबार, भदौ १८, २०८३

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश दिने

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

नबिल बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न भएको हो।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले गत आव २०७९/८० मा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकका १८ लाखभन्दा बढी ग्राहक छन्।

 

प्रकाशित: Jan 07, 2024| 14:03 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्