आइतबार, असार १४, २०८३

नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सेवा प्रवाहलाई प्रभावकारी बनाउने सम्झौता भएको छ। सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र एनआईटीभी नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

National life

सम्झौतासँगै टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्‍याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ। दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरि सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारे अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पु¥याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्नेछ।

 

Shivam cement

प्रकाशित: Jan 07, 2024| 14:02 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्