बिहीबार, भदौ १८, २०८३

ओप्पोको रेनो १० फाइभजी सार्वजनिक

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

ओप्पोले आफ्नो नयाँ रेनो सिरिजको स्मार्टफोन– रेनो १० नेपाली बजारमा सार्वजनिक गरेको छ। यो सिरिजको फोनमा सुपरभुक्टम फ्ल्यास चार्ज र ईएएईको विशेष ब्याट्री हेल्थ इन्जिनजस्ता विशेषता छन्।

शक्तिशाली एसओसी, ठूलो भण्डारण, अपग्रेड गरिएको अल्ट्रा–कन्डक्टिभ कुलिङ सिस्टम, र नवीनतम कलर ओएस १३ यो सिरिजका फोनको थप विशेषता हुन्। बलियो र भरपर्दो भएकाले फोनमा चार वर्षसम्मको ग्यारेन्टी दिइएको कम्पनीले जनाएको छ।

यो स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ। अल्ट्रा–क्लियर पोट्रेट क्यामेरा प्रणाली भएको फोनमा ट्रिपल क्यामेरा कम्बो समावेश छ। रेनो १० आइस ब्लू र सिल्भरी ग्रेमा आधारित दुई आकर्षक रंगमा उपलब्ध छ।

रेनो १० ८ जीबी  र्‍याम + २५६ जीबी भण्डारणसहित आइस उपलब्ध छ। यसको मूल्य ५६ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jan 07, 2024| 14:00 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्