आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभामा संयुक्त उम्मेदवारी दिने गठबन्धनको निर्णय, कसलाई कति सिट?

राष्ट्रियसभामा संयुक्त उम्मेदवारी दिने गठबन्धनको निर्णय, कसलाई कति सिट?

 |  आइतबार, पुस २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

vianetvianet

काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रियसभा निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनमा रहेका दलहरूको बैठकले संयुक्त उम्मेदवारी दिने निर्णय गरेको हो।

सरकारमा सहभागी र सरकारलाई समर्थन गरिरहेका सबै दलले संयुक्त उम्मेदवारी दिने निर्णय बैठकले गरेको छ। गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट पनि बाँडफाँड गरेको छ। कांग्रेसलाई १०, नेकपा (माओवादी केन्द्र) लाई ६, नेकपा (एकीकृत समाजवादी) लाई दुई र जनता समाजवादी पार्टी (जसपा) लाई एक सिट दिने सहमति भएको छ।

आउँदो माघ ११ गते राष्ट्रियसभाका १९ सिटका लागि निर्वाचन हुँदैछ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

 

प्रकाशित: Jan 07, 2024| 11:59 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्